काठमाडौं । नेपाली जनताको घरदैलोमा विगत ३२ वर्षदेखि अनवरत रूपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, होटेल तथा रेस्टुरेन्ट क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न संस्थाहरूसँग सम्झौता गरेको छ ।
सम्झौतापश्चात् महालक्ष्मी विकास बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरूले उक्त संस्थाहरूका विभिन्न सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । उक्त संस्थाहरू र प्राप्त गर्न सकिने छुट निम्नलिखित छन्ः
संस्थाको नाम ठेगाना सेवाहरू छुट
१. मनकामना हिलक्रेस्ट होटेल कुरिनटार, चितवन आवास तथा रेस्टुरेन्ट १२.५ प्रतिशतसम्म
२. एलोफ्ट काठमाडाैं छायादेवी कम्प्लेक्स, ठमेल, काठमाडाैं खाना तथा पेय पदार्थ १५ प्रतिशतसम्म
३. एल्लो हात्ती लाजिम्पाट, काठमाडाैं उपहार सामग्री बिक्री सेवा १० प्रतिशतसम्म
४. अल्फा केयर डाइग्नाेस्टिक सेन्टर बुद्धनगर, काठमाडाैं स्वास्थ्य परीक्षण तथा प्रयोगशाला सेवा २० प्रतिशतसम्म
५. दृष्टि आई केयर कलंकी, काठमाडाैं नाक, कान, घाँटी, आँखा उपचार तथा प्रयोगशाला सेवा २० प्रतिशतसम्म
६. ओरियन्ट क्याफे दरबारमार्ग, काठमाडाैं खाना तथा पेय पदार्थ १५ प्रतिशतसम्म
७. होटेल स्मारक हेटौँडा, मकवानपुर आवास र खाना तथा पेय पदार्थ १५ प्रतिशतसम्म
यस किसिमको सहकार्यबाट बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकले हालै मात्र काठमाडाैं, ज्ञानेश्वरमा कफी लाउन्जसहितको डिजिटल हब सञ्चालनमा ल्याएको छ ।