२०८३ साउन २२ शुक्रबार

रोजगारी सिर्जना र सीप विकासमा सरकार–निर्माण व्यवसायीबीच सहकार्य गरिने

ई आर्थिक    शुक्रबार, साउन २२ २०८३
95
Shares
रोजगारी सिर्जना र सीप विकासमा सरकार–निर्माण व्यवसायीबीच सहकार्य गरिने

काठमाडौं ।  रोजगारी सिर्जना गर्दै दिगो रोजगार प्रणाली निर्माण गर्ने उद्देश्यले युवा, श्रम तथा रोजगार मन्त्री माननीय रामजी यादव र पूर्वाधार विकास मन्त्री  सुनिल लम्सालको उपस्थितिमा नेपाल निर्माण व्यवसायी महासङ्घका पदाधिकारीहरूसँग छलफल तथा भेटघाट सम्पन्न भएको छ।

छलफलमा निर्माण क्षेत्रको वास्तविक जनशक्ति आवश्यकतालाई आधार बनाएर सीपमूलक तालिम सञ्चालन गर्ने, तालिम प्राप्त जनशक्तिलाई रोजगारीका अवसरसँग आबद्ध गर्ने तथा निर्माण क्षेत्रमा दक्ष जनशक्ति उत्पादनमार्फत रोजगारी विस्तार गर्ने विषयमा सहमति भएको छ।

बैठकले रोजगारी सिर्जनालाई प्रभावकारी बनाउन युवा, श्रम तथा रोजगार मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र नेपाल निर्माण व्यवसायी महासङ्घबीच निरन्तर संवाद, समन्वय तथा सहकार्यलाई सुदृढ बनाउने निर्णय गरेको छ।

छलफलमा दुवै मन्त्रालयका सचिवहरू, नेपाल निर्माण व्यवसायी महासङ्घका पदाधिकारी तथा सम्बन्धित निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

सरकारले निर्माण क्षेत्रको मागअनुसार दक्ष जनशक्ति उत्पादन गरी स्वदेशमै रोजगारीका अवसर विस्तार गर्ने लक्ष्यका साथ निजी क्षेत्रसँगको सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij