२०८३ साउन २१ बिहिबार

ग्यास बजारको अनुगमन कडाई गर्दै मन्त्रालय, समस्या देखिए तत्काल जानकारी गराउन आग्रह

ई आर्थिक    बिहिबार, साउन २१ २०८३
133
Shares
ग्यास बजारको अनुगमन कडाई गर्दै मन्त्रालय, समस्या देखिए तत्काल जानकारी गराउन आग्रह

काठमाडौं । बजारमा एलपी ग्यासको कृत्रिम अभाव, कालोबजारी वा आपूर्तिसम्बन्धी समस्या देखिए तत्काल जानकारी गराउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीको सचिवालयले उपभोक्तासँग आग्रह गरेको छ।

सचिवालयले सार्वजनिक सूचना जारी गर्दै बजारमा एलपी ग्यास प्राप्त गर्न कठिनाइ भोगिरहेका उपभोक्ताले ९८५१११६७७३ नम्बरमा सम्पर्क गरी जानकारी गराउन अनुरोध गरेको हो।

सूचनाअनुसार प्राप्त जानकारीका आधारमा सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी समस्या समाधानका लागि तत्काल पहल गरिनेछ।

मन्त्रीको सचिवालयले एलपी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न र कृत्रिम अभाव तथा कालोबजारी नियन्त्रण गर्न उपभोक्ताको सक्रिय सहयोग आवश्यक रहेको उल्लेख गर्दै कुनै पनि अनियमितता देखिए ढुक्क भएर जानकारी गराउन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij