२०८३ साउन २० बुधबार

साङ्ग्रिला बैंकका ग्राहक र कर्मचारीलाई ट्रान्क्युलिटी स्पामा छुट

ई आर्थिक    मंगलबार, साउन १९ २०८३
209
Shares
साङ्ग्रिला बैंकका ग्राहक र कर्मचारीलाई ट्रान्क्युलिटी स्पामा  छुट

ई–आर्थिक, काठमाडौं । साङ्ग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र ट्रान्क्युलिटी स्पाबीच व्यावसायिक छूट सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

सम्झौता अनुसार साङ्ग्रिला बैंकका ग्राहक तथा कर्मचारीहरूले ट्रान्क्युलिटी स्पाका विभिन्न सेवाहरूमा विशेष छुट प्राप्त गर्ने छन् ।

सम्झौता अनुसार बैंकका कर्मचारीहरूलाई व्यक्तिगत स्पा सेवामा २५ प्रतिशत र ब्यूटी सेवाहरूमा १५ प्रतिशत छुट उपलब्ध हुनेछ । त्यसैगरी, बैंकमा खाता रहेका ग्राहकहरूले व्यक्तिगत स्पा सेवामा २० प्रतिशत र ब्यूटी सेवाहरूमा १५ प्रतिशत छुट पाउनेछन् ।

सो सम्झौता पत्रमा साङ्ग्रिला बैंकका वरिष्ठ नायब महाप्रबन्धक अपूर्व प्रसाद जोशी र ट्रान्क्युलिटी प्रा.लि.का लर्निङ एन्ड डेभलपमेन्ट म्यानेजर निर्मला भोछिभोयाले हस्ताक्षर गरेका छन् । यो सम्झौता २०८३ साउनदेखि दुई वर्षका लागि लागू हुने बैंकले जनाएको छ ।

यस सम्झौताबाट बैंकका कर्मचारी तथा ग्राहकहरू प्रत्यक्ष लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।  हाल साङ्ग्रिला बैंकले देशभर रहेका १०९ शाखा कार्यालयहरू र ३० वटा एटिएममार्फत् आफ्ना ग्राहकहरूलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij