२०८३ साउन १८ सोमबार

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स नाइट २०२६’ सम्पन्न, ‘भर्सन नेक्स्ट’ आई-सोलुसन प्रणालीको शुभारम्भ

ई आर्थिक    सोमबार, साउन १८ २०८३
456
Shares
सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स नाइट २०२६’ सम्पन्न, ‘भर्सन नेक्स्ट’ आई-सोलुसन प्रणालीको शुभारम्भ

काठमाडौं ।  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘सिटिजन लिडर्स नाइट २०२६’ भव्यरुपमा सम्पन्न गरेको छ।

कार्यक्रममा कम्पनीको नयाँ आई-सोलुसन प्रणाली सफ्टवेयर ‘भर्सन नेक्स्ट’ को पनि सुरुवात गरिएको छ। आधुनिक प्रविधिमा आधारित यस प्रणालीले कम्पनीको सेवा प्रवाहलाई अझ प्रभावकारी, छरितो, सुरक्षित तथा ग्राहकमैत्री बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।

आफ्ना उत्कृष्ट सिटिजन लिडर तथा शाखाहरूको उत्कृष्ट कार्यसम्पादनको सम्मानस्वरूप गएको शनिबार कम्पनीले आयोजना गरेको उक्त कार्यक्रममा देशभरबाट उत्कृष्ट कार्यसम्पादन गर्दै विभिन्न विधामा छनोट भएका सिटिजन लिडर, कर्मचारी तथा विशिष्ट अतिथिसहित एक हजारभन्दा बढीको सहभागिता रहेको थियो।

कार्यक्रममा हास्य कलाकार सुन्दर खनालले आफ्नो उत्कृष्ट प्रस्तुतिमार्फत मनोरञ्जन दिलाएका थिए भने हास्यव्यंग्यका महान् व्यक्तित्व हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ पनि उपस्थित थिए। कार्यक्रमको विशेष आकर्षणका रूपमा ह्युमानोइड रोबोट तथा रोबोटिक डग प्रस्तुत गरिएका थिए।

कम्पनीका अध्यक्ष प्रदीपजंग पाण्डे, सञ्चालक महेश स्वर, प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल तथा प्रमुख बजार अधिकृत भूषण रिमालले सम्बोधन गर्दै कम्पनीको भावी रणनीति, बीमा व्यवसायको सम्भावना, नेतृत्व विकास तथा उत्कृष्ट कार्यसम्पादनलाई निरन्तरता दिन सहभागीहरूलाई प्रेरित गरेका थिए। उनीहरूले सिटिजन लाइफलाई अझ सशक्त, दिगो र परिणाममुखी संस्थाका रूपमा अघि बढाउन सबैलाई एकजुट भएर कार्य गर्न आग्रह गरे।

कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट उपलब्धि हासिल गर्ने ७८० जना सिटिजन लिडर, एजेन्सी म्यानेजर, अभिकर्ता तथा शाखाहरूलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो। जसमा बुटवल शाखाले प्रथम बीमा शुल्क संकलनतर्फ देशभरकै उत्कृष्ट शाखाको उपाधि हासिल गर्‍यो।

यस्तै, भेषराज भट्टराई उत्कृष्ट स्टार एजेन्सी म्यानेजर घोषित हुँदै बीमा शुल्क संकलनका आधारमा प्रथम स्थान हासिल गरे भने नितेश श्रेष्ठ प्रथम बीमा शुल्क संकलनका आधारमा उत्कृष्ट सिटिजन लिडर बन्न सफल भए। गीता पौडेलले सर्वाधिक बीमालेख जारी गर्ने अभिकर्ताका रूपमा प्रथम स्थान हासिल गरिन्। दिलबहादुर धामी सर्वाधिक अभिकर्ता भर्तीतर्फ प्रथम भए।

सिटिजन लाइफले आगामी दिनमा पनि यस्ता सम्मान कार्यक्रममार्फत उत्कृष्ट कार्यसम्पादन गर्ने सिटिजन लिडरहरूलाई थप प्रेरित गर्दै बीमा सेवाको पहुँच विस्तार, गुणस्तरीय सेवा प्रवाह तथा संस्थागत उत्कृष्टतालाई निरन्तर अगाडि बढाउने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij