२०८३ साउन १६ शनिबार

बजारमा ग्यास अभावको गुनासोपछि आयल निगमले उद्योगीलाई भन्यो– ‘सहज आपूर्ति सुनिश्चित गर्नोस्’

ई आर्थिक    शनिबार, साउन १६ २०८३
133
Shares
बजारमा ग्यास अभावको गुनासोपछि आयल निगमले उद्योगीलाई भन्यो– ‘सहज आपूर्ति सुनिश्चित गर्नोस्’

काठमाडौं । नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभावबारे उपभोक्ताबाट गुनासो आउन थालेपछि ग्यास उद्योगीहरूलाई सहज आपूर्ति सुनिश्चित गर्न आग्रह गरेको छ।

निगमले शनिबार जारी गरेको विज्ञप्तिमार्फत १४.२ केजी क्षमताको एलपी ग्यास सिलिन्डरको बिक्री–वितरण सुरु भएपछि बजारमा ग्यास अभाव भएको भन्ने गुनासो प्राप्त भएकाले सबै ग्यास उद्योगीलाई उपभोक्तासम्म सहज रूपमा ग्यास उपलब्ध गराउन अनुरोध गरेको हो।

यस्तै, निगमले ग्यास बिक्रेताहरूलाई घरायसी प्रयोजनका उपभोक्तालाई प्राथमिकतामा राखी खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बर अभिलेख राखेर व्यवस्थित रूपमा बिक्री–वितरण गर्न पनि निर्देशन दिएको छ।

ग्यास नपाएका उपभोक्ताले कार्यालय समयभित्र निगमको हटलाइन नम्बर ०१–५९७१९०२ मा सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको निगमले जनाएको छ।

निगमका अनुसार एलपी ग्यासको आयात र बिक्री–वितरण नियमित रूपमा भइरहेको छ र आगामी दिनमा पनि निरन्तर रहनेछ। त्यसैले आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न तथा अनावश्यक रूपमा भण्डारण नगर्न निगमले उपभोक्तासँग आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij