२०८३ साउन १३ बुधबार

चिकित्सकमाथि आक्रमणको विरोधमा दोस्रो दिन पनि देशभर स्वास्थ्य सेवा प्रभावित, आकस्मिकबाहेक सबै सेवा बन्द

ई आर्थिक    बुधबार, साउन १३ २०८३
133
Shares
चिकित्सकमाथि आक्रमणको विरोधमा दोस्रो दिन पनि देशभर स्वास्थ्य सेवा प्रभावित, आकस्मिकबाहेक सबै सेवा बन्द

काठमाडौं । वीरगन्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोधमा नेपाल चिकित्सक संघले सुरु गरेको आन्दोलन दोस्रो दिन पनि जारी रहेको छ। आन्दोलनका कारण देशभरका सरकारी तथा निजी अस्पतालमा आकस्मिक सेवाबाहेक अन्य सबै स्वास्थ्य सेवा बन्द भएका छन्।

चिकित्सक संघको आह्वानअनुसार ओपीडी सेवा, नियमित स्वास्थ्य परीक्षण, शल्यक्रिया तथा अन्य गैर–आकस्मिक स्वास्थ्य सेवाहरू पूर्ण रूपमा प्रभावित भएका छन्। सेवा अवरुद्ध हुँदा उपचारका लागि अस्पताल पुगेका धेरै बिरामी उपचार नपाई घर फर्किन बाध्य भएका छन्।

नेपाल चिकित्सक संघले नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पताल परिसरमा गरिएको तोडफोडमा संलग्न दोषीमाथि सरकारले प्रभावकारी कानुनी कारबाही गर्न नसकेको आरोप लगाउँदै आन्दोलनलाई निरन्तरता दिएको जनाएको छ।

संघले स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न, दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन र स्वास्थ्य संस्थामा हुने हिंसात्मक घटनाको पुनरावृत्ति रोक्न सरकारसँग माग गरेको छ। माग पूरा नभएसम्म आन्दोलनका कार्यक्रम जारी रहने संघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij