२०८३ साउन ८ शुक्रबार

लहानमा रासायनिक मलको पर्याप्त मौज्दात, थप आपूर्ति पनि हुँदै

ई आर्थिक    आइतबार, साउन ३ २०८३
513
Shares
लहानमा रासायनिक मलको पर्याप्त मौज्दात, थप आपूर्ति पनि हुँदै

जनकपुरधाम ।  लहानस्थित कृषि सामग्री कम्पनी लिमिटेडले मलको पर्याप्त मौज्दात रहेको स्पष्ट गर्दै थप आपूर्ति पनि हुने बताएको छ।

आर्थिक वर्षमा १६ हजार ८४० दशमलव ३७५ मेट्रिकटन रासायनिक मल बिक्री गरेको जनाउँदै कम्पनीले हाल ५५ दशमलव ६०० मेट्रिकटन युरिया, २१९ दशमलव ६५० मेट्रिकटन डीएपी, ८६ दशमलव ६५० मेट्रिकटन पोटास र ७८ दशमलव ७७५ मेट्रिकटन कृषि चुन मौज्दात रहेको बताएको छ।

कार्यालय प्रमुख चेवन खड्काका अनुसार मलको नियमित आपूर्तिलाई व्यवस्थित बनाइएको छ।

कृषि उत्पादन वृद्धि गर्न किसानलाई समयमै मल र अन्य कृषि सामग्रीको अभाव नहुने उनले बताए। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij