२०८३ साउन ८ शुक्रबार

जलविद्युत् र पर्यटनको केन्द्र बन्दै नारच्याङ, पाँच आयोजना सञ्चालनमा, दुई ठूला परियोजना निर्माणाधीन

ई आर्थिक    बिहिबार, असार २५ २०८३
570
Shares
जलविद्युत् र पर्यटनको केन्द्र बन्दै नारच्याङ, पाँच आयोजना सञ्चालनमा, दुई ठूला परियोजना निर्माणाधीन

म्याग्दी: म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ स्थित नारच्याङ गाउँ जलविद्युत् र पर्यटनको आकर्षक केन्द्रका रूपमा स्थापित हुँदै गएको छ। प्राकृतिक सम्पदा र जलस्रोतले सम्पन्न यस क्षेत्रमा हालसम्म पाँच वटा जलविद्युत् आयोजना निर्माण सम्पन्न भइसकेका छन् भने थप दुई ठूला आयोजना निर्माणाधीन छन्।

नारच्याङ भएर बग्ने कालीगण्डकी नदीमा १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना र ६६.३ मेगावाट क्षमताको मध्यकालीगण्डकी जलविद्युत् आयोजना निर्माण भइरहेको छ। यी आयोजनाले क्षेत्रको ऊर्जा उत्पादन क्षमता मात्र होइन, स्थानीय आर्थिक गतिविधिलाई पनि उल्लेखनीय रूपमा विस्तार गरिरहेका छन्।

जलविद्युत् आयोजनाको निर्माणसँगै स्थानीयवासीका लागि रोजगारीका अवसर बढेका छन्। साथै, स्थानीयले विभिन्न आयोजनामा लगानी गर्ने अवसरसमेत पाएका छन्, जसले गाउँको आर्थिक अवस्था र जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याएको छ।

ऊर्जा विकाससँगै नारच्याङको पर्यटन क्षेत्र पनि निरन्तर विस्तार भइरहेको छ। विश्वको दशौँ अग्लो, ८,०९१ मिटर उचाइको अन्नपूर्ण प्रथम हिमाल यही क्षेत्रमा अवस्थित छ। नारच्याङ गाउँ अन्नपूर्ण प्रथम हिमालको आधार शिविर (बेस क्याम्प) जाने प्रमुख प्रवेशद्वारका रूपमा परिचित भएकाले आन्तरिक तथा विदेशी पर्यटकको आकर्षण बढ्दै गएको छ।

जलविद्युत् र पर्यटनको समानान्तर विकासले नारच्याङलाई म्याग्दीको आर्थिक तथा पर्यटकीय सम्भावना बोकेको महत्वपूर्ण गन्तव्यका रूपमा स्थापित गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij