काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ८०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य प्रतितोला १०५ रुपैयाँले ओरालो लागेको छ।
महासंघले जनाएको अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला २ लाख ९२ हजार ७०० रुपैयाँ कायम भएको छ। त्यस्तै चाँदीको मूल्य प्रतितोला ४ हजार ८१० रुपैयाँ निर्धारण गरिएको छ।
यसअघि हिजोको कारोबारमा सुन प्रतितोला २ लाख ९४ हजार ५०० रुपैयाँमा र चाँदी प्रतितोला ४ हजार ९१५ रुपैयाँमा कारोबार भएको थियो।
आजको मूल्य घटेसँगै सुनचाँदी बजारमा केही सहजता आएको व्यवसायीहरूले बताएका छन्। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै स्थानीय बजारमा पनि मूल्य उतारचढाव भइरहने गरेको छ।