२०८३ भाद्र ३१ बुधबार

‘प्रदेश नंं २ मा पनि एमालेको विजयी यात्रालाई कसैले छेक्न सक्दैन’

ई आर्थिक    सोमबार, साउन २३ २०७४
3.6K
Shares
‘प्रदेश नंं २ मा पनि एमालेको विजयी यात्रालाई कसैले छेक्न सक्दैन’

२३ साउन, झापा । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले मुलुक अहिले निर्वाचन वर्षको रुपमा अघि बढिरहेको बताएका छन् ।

झापाको बिर्तामोडमा आज पत्रकार भेटघाटमा बोल्दै नेता खनालले संविधान कार्यान्वयनको महत्वपूर्ण कामलाई पूर्णता दिन मुलुक निर्वाचनमय भएको बताए । उनले भने, “स्थानीय तहको दुबै चरणको निर्वाचनमा एमाले पहिलो भएको छ, तेस्रो चरणमा पनि पहिलो नै हुन्छ ।”

दुई नम्बर प्रदेशमा तेस्रो चरणमा हुने निर्वाचनमा पनि एमालेको पक्षमा जनलहर बढ्दै गएको बताउँदै नेता खनालले भने, “त्यहाँ पनि एमाले पहिलो शक्ति बन्ने छ, अब एमालेको विजयी यात्रालाई कसैले छेक्न सक्दैन ।”

पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनालले कसैले पनि निर्वाचनलाई रोक्नसक्ने अवस्था नरहेको बताए । सरकारले प्रदेश र संघको निर्वाचनको मिति तोक्न ढिलाइ गरेको भन्दै त्यसप्रति एमालेको आपत्ति रहेको उनले उल्लेख गरे । निर्वाचन हुन नदिन विभिन्न किसिमको षड्यन्त्र भइरहेको बताउँदै नेता खनालले त्यस्तो षड्यन्त्र सफल हुन नदिने प्रष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij