नवलपुर । नवलपुर उद्योग वाणिज्य संघ को अध्यक्षमा बुद्धिसागर पोख्रेल निर्वाचित हुनुभएको छ।
नयाँ नेतृत्व चयनका लागि बुधबार सम्पन्न निर्वाचनको मतगणना बिहीबार बिहान सकिएको थियो। अध्यक्ष पदमा प्रतिस्पर्धा गरेका भेषबहादुर अधिकारी लाई पराजित गर्दै पोख्रेल विजयी हुनुभएको हो।
त्यस्तै, वरिष्ठ उपाध्यक्षमा बालकृष्ण पाण्डे, प्रथम उपाध्यक्षमा गोविन्द बहादुर क्षेत्री, द्वितीय उपाध्यक्षमा दिपक चन्द्र भट्टराई, महासचिवमा रमेश अधिकारी, उपमहासचिवमा प्रेम नारायण पाण्डे र कोषाध्यक्षमा गणेशबहादुर आचार्य निर्वाचित हुनुभएको निर्वाचन समितिका सदस्य बालकृष्ण घिमिरेले जानकारी दिनुभयो ।
सदस्यहरूमा कृष्णकुमार गिरी, गंगादेवी महतो, गोपाल सिर्पाली, सरला खनाल र दिपक भट्टराई निर्वाचित हुनुभएको छ। महिला सदस्यतर्फ दुर्गा ढुंगाना र दुर्गा रिजाल विजयी हुँदा प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नारायण प्रसाद लम्साल निर्वाचित हुनुभएको छ।
नयाँ नेतृत्वका लागि दुई समूहले प्यानल बनाएर प्रतिस्पर्धा गरेका थिए। कुल १ हजार २१२ मतदाता रहेको संघमा ६७९ मत खसेको थियो। उद्योग वाणिज्य संघका लागि नवलपुरमा पहिलो पटक मतदान प्रक्रिया सञ्चालन गरिएको थियो ।