२०८३ असोज २ शुक्रबार

करिव ४ अर्ब लागतमा मनाङमा ३० मेगावाटको म्यार्दी जलविद्युत आयोजना निर्माण हुने

ई आर्थिक    सोमबार, माघ २६ २०८२
2.9K
Shares
करिव ४ अर्ब लागतमा मनाङमा ३० मेगावाटको म्यार्दी जलविद्युत आयोजना निर्माण हुने

काठमाडौं।  मनाङ जिल्लाको नासोङ गाउँपालिका र लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिकको बीचमा कूल ३० मेगावाट क्षमताको म्यार्दी जलविद्युत आयोजना निर्माण हुने भएको छ।

आयोजना निर्माणको प्रक्रियास्वरूप वन तथा वातावरण मन्त्रालयले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयारीको काम सुरु गरेको छ।

म्यार्दी खोला हाइड्रोपावर कम्पनी प्रालि आयोजनाको प्रस्तावक छ। आयोजना नदी प्रवाही प्रकृतिको छ। आयोजनाबाट वार्षिक रूपमा औसत १ सय ७३ दशमलव ४४ गिगावाट घण्टा ऊर्जा उत्पादन हुने विश्वास लिइएको छ।

आयोजनाबाट उत्पादित बिजुली १० किलोमिटर लामो १ सय ३२ केभी क्षमताको प्रसारणलाइनमार्फत धारापानीमा रहेको २ सय २० केभी क्षमाको मनाङमा हवमा जोडेर राष्ट्रिय प्रसारण प्रणालीमा पठाइने छ।

आयोजनाको कुल लागत ३ अर्ब ९० करोड ९७ लाख रुपैयाँ रहने छ। यस आधारमा प्रतिमेगावाट लागत १३ करोड ३ लाख रुपैयाँ रहने छ। वन तथा वातावरण मन्त्रालयले आयोजनाका कारण पर्न सक्ने सम्भावित वातावरणीय प्रभावका बारेमा जानकारी दिन सम्वद्ध सबै सरोकारवालालाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij