२०८३ असोज २ शुक्रबार

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट ६ शव निकालियो

ई आर्थिक    शुक्रबार, असोज २ २०८३
76
Shares
माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट ६ शव निकालियो

रसुवा । भोटेकोशी नदीमा आएको बाढीपछि सम्पर्कविहीन भएकाहरूको खोजी तथा उद्धारका क्रममा माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट ६ वटा शव निकालिएको छ।

उद्धार टोलीले आयोजनाको अडिट–३ सुरुङभित्र ढलानका लागि बुनिएको डन्डीको जालीको भित्री भागमा अल्झिएको अवस्थामा शव फेला पारेको हो।

बाढीपछि बेपत्ता भएकाहरूको खोजीका क्रममा सुरुङभित्र शव भेटिएपछि उद्धार टोलीले ती शव बाहिर निकालेको जनाएको छ।

उक्त क्षेत्रमा थप बेपत्ता व्यक्तिको खोजी तथा उद्धार कार्य जारी रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij