काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड ‘कर्पोरेट उत्कृष्टता अवार्ड–२०८२ (व्यावसायिक बैंकिङ विधा)’ Awards for Corporate Excellence 2025-Commercial Banking Category” बाट सम्मानित भएको छ। कर्पोरेट क्लब नेपाल प्रा.लि.ले हरेक वर्ष आयोजना गर्दै आएको वार्षिक अवार्ड समारोहमा बैंकलाई उक्त सम्मान प्रदान गरिएको हो।
माघ १६ गते आयोजित अवार्ड समारोहमा सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्यालले बैंकको तर्फबाट उक्त अवार्ड ग्रहण गर्नुभएको थियो।

मानव संसाधन व्यवस्थापन, संस्थागत सुशासन तथा उत्कृष्ट कार्यसम्पादनमार्फत बैंकले पुर्याएको योगदानको कदरस्वरूप यो सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ। बैंकले यो उपाधिले ग्राहकहरूप्रतिको प्रतिबद्धतालाई अझ सुदृढ बनाउने र आगामी दिनमा सेवा प्रवाहलाई थप व्यवस्थित र प्रभावकारी बनाउन प्रेरणा मिल्ने विश्वास व्यक्त गरेको छ।
यस अवसरमा सिद्धार्थ बैंकले निरन्तर सहयोग र विश्वासका लागि आफ्ना ग्राहकहरू, सरोकारवाला निकायहरू तथा सम्पूर्ण शुभचिन्तकहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ।