२०८३ भाद्र ३१ बुधबार

प्रतिनिधिसभा निर्वाचनमा एमालेबाट ९ महिला उम्मेदवार, पाँच पूर्वमन्त्री प्रत्यक्षतर्फ मैदानमा

ई आर्थिक    आइतबार, माघ ४ २०८२
4.1K
Shares
प्रतिनिधिसभा निर्वाचनमा एमालेबाट ९ महिला उम्मेदवार, पाँच पूर्वमन्त्री प्रत्यक्षतर्फ मैदानमा

काठमाडौं : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले प्रत्यक्षतर्फ नौ जना महिला नेतृलाई उम्मेदवार बनाएको छ । तीमध्ये पाँच जना पूर्वमन्त्री रहेका छन् ।

एमालेले पूर्वमन्त्रीहरू भगवती चौधरी, जुलीकुमारी महतो, ज्वालाकुमारी साह, भगवती न्यौपाने र बिमला बिकलाई आफ्नै गृहजिल्ला तथा निर्वाचन क्षेत्रबाट उम्मेदवार बनाएको हो । भगवती चौधरी सुनसरी–४, जुलीकुमारी महतो धनुषा–३, ज्वालाकुमारी साह बारा–३, भगवती न्यौपाने तनहुँ–१ र बिमला बिक बर्दिया–२ बाट चुनावी मैदानमा उत्रिएका छन् ।

यसैगरी कञ्चनपुर–१ बाट कमला बोहोरा, बागलुङ–२ बाट मञ्जु शर्मा चालिसे, ओखलढुंगा–२ बाट अस्मिता थापा र सोलुखुम्बुबाट कल्पना राई उम्मेदवार बनेका छन् ।

एमालेले महिला सहभागिता र नेतृत्वलाई सशक्त बनाउने लक्ष्यसहित प्रत्यक्ष निर्वाचनमा महिला उम्मेदवारलाई प्राथमिकता दिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij