२०८३ असोज १ बिहिबार

तीन मन्त्रीलाई अतिरिक्त कार्यभार: ऊर्जा सिन्हा, भौतिक चौलागाई र सहरी विकास इङ्नामले सम्हाल्ने

ई आर्थिक    बिहिबार, पौस २४ २०८२
2.8K
Shares
तीन मन्त्रीलाई अतिरिक्त कार्यभार: ऊर्जा सिन्हा, भौतिक चौलागाई र सहरी विकास इङ्नामले सम्हाल्ने

काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीले मन्त्री कुलमान घिसिङको राजीनामासंगै मन्त्रिपरिषद् पुनःव्यवस्थापन गर्दै  तीन मन्त्रीलाई अतिरिक्त मन्त्रालयको कार्यभार दिएकी छिन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा मौजुदा मन्त्रिपरिषद् पुनःव्यवस्थापन भएको  छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ; भौतिक पूर्वाधार तथा यातायात; तथा सहरी विकास मन्त्री कुलमान घिसिङले प्रधानमन्त्रीसमक्ष राजीनामा दिएपछि ती मन्त्रालयको कार्यभार अन्य मन्त्रीहरूलाई तोकिएको हो।

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको जिम्मेवारी उद्योग, वाणिज्य तथा आपूर्ति तथा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हालाई प्रदान गरिएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको कार्यभार वन तथा वातावरण मन्त्री माधवप्रसाद चौलागाईलाई र सहरी विकास मन्त्रालयको जिम्मेवारी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री कुमार इङ्नामलाई तोकिएको छ।

उक्त निर्णय २०८२ पुस २४ गते राष्ट्रपतिबाट भएको राष्ट्रपति कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij