२०८३ असोज २ शुक्रबार

बागलुङको मूलपानी-तितौरे सडक कालोपत्र हुँदै, ४९ करोड २२ लाख रुपैयाँमा ठेक्का सम्झौता

ई आर्थिक    बुधबार, पौस १६ २०८२
3.2K
Shares
बागलुङको मूलपानी-तितौरे सडक कालोपत्र हुँदै, ४९ करोड २२ लाख रुपैयाँमा ठेक्का सम्झौता

बागलुङ।  विश्व बैंकको सहयोगमा बागलुङ नगरपलिकाभित्र ठेक्का लागेका तीन सडकमध्ये मूलपानी-तितौरे ९ किलोमिटर खण्डमा कालोपत्र थालिएको छ।

पहिलो चरणमा तितौरेदेखि दानविसौनासम्म कालोपत्र सम्पन्न भइसकेको छ। यसअघि गणेशथान घुम्ती-निरयघाट र ओढारचौर-ढोडेनी सडक कालोपत्र भइसकेको छ।

बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठका अनुसार सडक कालोपत्र गर्न विश्व बैंकले बागलुङ नगरपालिकासहित देशका १७ स्थानीय सरकारलाई अनुदान उपलब्ध गराएको थियो।

स्तरोन्नतिसँगै सडक कालोपत्रका लागि निर्माण व्यवसायीसँग ४९ करोड २२ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको हो। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij