काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभाको पुनःस्थापनाको पक्षमा रहे पनि शान्तिपूर्ण वातावरणमा चुनाव हुने अवस्था नबनेसम्म निर्वाचनको तयारी गर्न नहुने स्पष्ट पार्नुभयो।
बिहीबार ११औँ राष्ट्रिय महाधिवेशनका स्वयंसेवकहरुलाई सम्मान गर्दै उहाँले भने, “हामी चुनावविरोधी होइनौं, तर असुरक्षामय वातावरणमा चुनाव हुने छैन। वातावरण बनाउने जिम्मेवारी सरकारको हो। हामी जुनसुकै परिस्थितिमा सामना गर्न तयार छौँ।”
अध्यक्ष ओलीले युवालाई गलत सङ्गत र व्यक्तिगत स्वार्थ पछ्याउन नहुने चेतावनी दिँदै राष्ट्रिय एकता, लोकतन्त्र र संविधानको रक्षा सबैको कर्तव्य भएको उल्लेख गर्नुभयो।
साथै, भदौ २३–२४ का घटनामा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई बयान दिन बोलाउनु कानुन विपरीत भएको भन्दै जाँचबुझ आयोगको तयारीमा आपत्ति जनाउनुभयो।