काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच सिंहदरबारमा भेटवार्ता भएको छ ।
प्रधानमन्त्री कार्कीले पूर्व राष्ट्रपति भण्डारीबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भेट भएको हो ।
भेटमा पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो ।
प्रधानमन्त्री कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री हुन् भने पूर्व राष्ट्रपति भण्डारी नेपालको पहिलो महिला राष्ट्रपति हुन्।