काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरा धरौटीमा रिहा भएका छन् । पूर्वसभामुख महरालाई उच्च अदालत पाटनले २० लाख धरौटीमा छाड्न आदेश दिएको छ ।
उच्च अदालत पाटनका न्यायाधीशद्वय तेजेन्द्रप्रसाद शर्मा र अर्जुनप्रसाद कोइरालाको संयुक्त इजलासले उनीसँग २० लाख धरौटीमा रिहा गर्न आदेश जारी गरेको हो ।
पूर्वसभामुख महरा भेप बट्टाभित्र ९ किलो सुन तस्करी प्रकरणमा सीआईबीको अनुसन्धानमा थुनामा राखिएका थिए।
अदालतले जाहेरीमा नाम नभएको, सहअभियुक्तहरूले पोल नगरेको, जफत सुन दसीका रूपमा पेश नभएको, नयाँ प्रमाण नभएको र उमेर–स्वास्थ्य अवस्था विचार गर्नुपर्ने आधार उल्लेख गरेको छ।