२०८३ साउन १२ मंगलबार

भोटेकोशी पावर कम्पनीद्वारा ‘निःशुल्क सेयरको’ समाचारप्रति खण्डन गर्दै स्पष्टीकरण जारी

ई आर्थिक    बुधबार, असोज २९ २०८२
2.1K
Shares
भोटेकोशी पावर कम्पनीद्वारा ‘निःशुल्क सेयरको’ समाचारप्रति खण्डन गर्दै स्पष्टीकरण जारी

काठमाडौं ।  सिन्धुपाल्चोक जिल्लामा निर्माण सम्पन्न भइसकेको माथिल्लो भोटेकोशी जलविद्युत आयोजनाका सञ्चालक कम्पनी भोटेकोशी पावर कम्पनी प्रा.लि. (BKPC) ले हालै विभिन्न सञ्चार माध्यममा प्रकाशित ‘निःशुल्क सेयर दिने’ सम्बन्धी समाचारप्रति खण्डन गरेको छ। कम्पनीले एक प्रेस विज्ञप्ति जारी गर्दै यस्ता समाचार भ्रामक र तथ्यहीन भएको स्पष्ट पारेको हो।

विज्ञप्तिमा कम्पनीले भोटेकोशी क्षेत्रका स्थानीय बासिन्दालाई प्रतिनिधित्व गर्ने भोटेकोशी जेनजी पब्लिक इनभेष्टमेन्ट लिमिटेड सँग निःशुल्क सेयर दिने कुनै पनि सहमति नभएको उल्लेख गरेको छ। कम्पनीका अनुसार स्थानीय तहका प्रत्यक्ष प्रभावित नागरिकलाई सेयरधनी बनाउने उद्देश्यले १० प्रतिशत सेयर पब्लिक लिमिटेड कम्पनीलाई बिक्री गर्न सहमति भएको हो, न कि निःशुल्क प्रदान गर्न।

विज्ञप्तिअनुसार, भोटेकोशी जेनजी पब्लिक इनभेष्टमेन्ट पब्लिक लिमिटेडले भोटेकोशीको १० प्रतिशत शेयर खरिद गर्न आवेदन दिनुअघि जलविद्युत उत्पादन क्षेत्रका प्रत्यक्ष प्रभावित स्थानीय जनतालाई आफ्नो पब्लिक कम्पनीमा शेयरधनी बनाइसक्नेछ । त्यसपछि भोटेकोशीले उक्त कम्पनीलाई प्रति शेयर अंकित मूल्य १०० रुपैयाँका दरले १० प्रतिशत शेयर बिक्री गर्ने सहमति भएको कम्पनीले जनाएको छ ।

सहमति अनुसार, प्रति सेयर अंकित मूल्य रु १०० का दरले १० प्रतिशत सेयर पब्लिक कम्पनीलाई बिक्री गरिनेछ। सो कम्पनीले सेयर खरिदका लागि आवश्यक पूँजी बैंकबाट ऋणको रूपमा जुटाउनेछ भने BKPC ले त्यस ऋणको लागि केवल जमानी (guarantee) मात्र दिने व्यवस्था मिलाउनेछ।

विज्ञप्तिमा थप उल्लेख छ कि आयोजनाले सञ्चालनबाट आर्जन गर्ने लाभांश रकम सो पब्लिक कम्पनीले लिएको ऋण तथा ब्याज भुक्तानी गर्न प्रयोग गरिनेछ। यस्तो व्यवस्थालाई निःशुल्क सेयर दिने भन्दै प्रचार गर्नु पूर्णतः भ्रामक भएको BKPC को भनाइ छ।

कम्पनीले सम्पूर्ण सञ्चारमाध्यम र सरोकारवालाहरुलाई यस्ता गलत बुझाइ नफैलाउन अनुरोध गर्दै यथार्थ जानकारीका लागि विज्ञप्ति प्रकाशन गर्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij