२०८३ साउन १० आइतबार

खोटाङमा चाडपर्वको बहानामा मनपरी भाडा, यात्रु मारमा

ई आर्थिक    मंगलबार, असोज १४ २०८२
3.3K
Shares
खोटाङमा चाडपर्वको बहानामा मनपरी भाडा, यात्रु मारमा

खोटाङ । खोटाङमा चाडपर्वको समयमा यातायात व्यवसायीहरूले यात्रुहरूसँग मनपरी भाडा असुलेको पाइएको छ। जिल्ला प्रशासन कार्यालय र यातायात व्यवसायीबीच साबिक भाडादर कायम राख्ने सहमति भए पनि प्रतिव्यक्ति ५०० देखि १५०० रुपैयाँसम्म बढी लिएको यात्रुहरूले गुनासो गरेका छन्।

दिक्तेल–काठमाडौँ र धरान–दिक्तेल रुटमा सुमो सवारीले तोकिएको भन्दा धेरै भाडा असुलेको पाइएको छ। कतिपय सवारीले टिकट समेत नदिई यात्रु चढाउने गरेका छन्। यात्रुलाई खार्मी लैजाने भन्दै बीच बाटोमै छाडिएको, दोहोरो भाडा तिर्न बाध्य पारिएको घटनाहरू सार्वजनिक भएका छन्।

प्रशासनले निगरानी र कारबाहीको प्रतिबद्धता जनाए पनि यात्रु सहायता कक्षमा गुनासो नआएको भन्दै चुपचाप रहेको छ। यात्रुहरूले प्रमाणसहित उजुरी गरे पनि चासो नदिइएको आरोप लगाएका छन्।

सिट क्षमताभन्दा बढी यात्रु बोकिएको गुनासोसमेत आएको छ। चाडपर्व लक्षित विशेष निगरानी तथा कारबाहीका निर्णयहरू कागजमै सीमित देखिएको यात्रुहरूको गुनासो छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij