२०८३ साउन १० आइतबार

एभरेष्ट बैंकले प्रस्ताव गर्‍यो २० प्रतिशत लाभांश, कात्तिक १२ गते ३१औं वार्षिक साधारणसभा आह्वान

ई आर्थिक    आइतबार, असोज १२ २०८२
4.2K
Shares
एभरेष्ट बैंकले प्रस्ताव गर्‍यो २० प्रतिशत लाभांश, कात्तिक १२ गते ३१औं वार्षिक साधारणसभा आह्वान

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले कात्तिक १२ गते ३१औं वार्षिक साधारणसभा आह्वान गरेको छ। सभा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली बैंक्वेटमा बिहान ११ बजे सुरू हुने बैंकले जनाएको छ।

सभाले आव २०७९/८० को लेखापरिक्षण प्रतिवेदनसहितको वित्तीय विवरण पारित गर्नुका साथै, चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेछ। यस्तै, आवश्यकता अनुसार बैंकको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ।

बैंकले चुक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर र १४ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पनि सभामा पारित गर्नेछ। यसअनुसार सेयरधनीले कुल २० प्रतिशत लाभांश पाउनेछन्।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज २४ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसअनुसार असोज २३ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरू मात्र सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij