२०८३ भाद्र ३१ बुधबार

जापानमा १०० वर्ष नाघेका महिलाको सङ्ख्या उच्च, लामो आयुको कारण यस्तो

ई आर्थिक    बिहिबार, असोज २ २०८२
4.8K
Shares
जापानमा १०० वर्ष नाघेका महिलाको सङ्ख्या उच्च, लामो आयुको कारण यस्तो

काठमाडौं । जापानमा १०० वर्ष वा त्योभन्दा बढी उमेरका मानिसहरू अहिले सर्वाधिक सङ्ख्यामा भएको सरकारले घोषणा गरेको छ। अहिले त्यहाँ १०० वर्ष पुगेका वृद्धवृद्धा एक लाखको हाराहारीमा छन्।

शतायु व्यक्तिहरूको सङ्ख्यामा जापान ५५ वर्षदेखि निरन्तर अग्रस्थानमा छ। जापानको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार सेप्टेम्बर महिनासम्म त्यस्ता मानिसको सङ्ख्या ९९,७६३ थियो। तीमध्ये ८८ प्रतिशत महिला छन्।

जापानका स्वास्थ्यमन्त्री ताकामारो फुकोकाले ८७,७८४ शतायु महिला र ११,९७९ शतायु पुरुषलाई दीर्घजीवन प्राप्त गरेकोमा बधाई दिँदै “समाजको विकासमा उनीहरूले लामो समयदेखि पुर्‍याएको योगदानका लागि कृतज्ञता” व्यक्त गरे।

जापानमा विश्वभरिकै लामो औसत आयु छ। केही अध्ययनहरूले विश्वभरि भएका शतायु व्यक्तिहरूको वास्तविक सङ्ख्याबारे भिन्न सङ्ख्या देखाएका छन्। यद्यपि जापानलाई प्रायः सर्वाधिक उमेरका जीवित व्यक्तिको घर मानिन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij