२०८३ भाद्र ३१ बुधबार

मन्जुश्री फाइनान्स आफ्नै भवनमा स्थानान्तरण, थापाथलीमा नयाँ केन्द्रीय कार्यालयको समुद्घाटन

ई आर्थिक    सोमबार, भाद्र १६ २०८२
2.9K
Shares
मन्जुश्री फाइनान्स आफ्नै भवनमा स्थानान्तरण, थापाथलीमा नयाँ केन्द्रीय कार्यालयको समुद्घाटन

ई-आर्थिक, काठमाडौं । मन्जुश्री फाइनान्स लिमिटेडले आफ्नो केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका–११, थापाथलीस्थित आफ्नै नयाँ भवनमा स्थानान्तरण गरेको छ। नवनिर्मित केन्द्रीय कार्यालय भवनको समुद्घाटन कम्पनीका संचालक समितिका अध्यक्ष  सुमन प्रसाद अधिकारीले आज एक समारोहबीच समुद्घाटन  गरेका हुन् ।

समारोहमा संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ)  तेजराज तिमिल्सिनाले ग्राहकहरूको साथ, विश्वास र मायाले निरन्तर प्रगति गरिरहेको मन्जुश्री फाइनान्स आगामी दिनहरूमा अझ परिस्कृत र उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

संस्थाको नयाँ बानेश्वरस्थित पुरानो शाखा यथावत रहने जानकारी दिँदै सीईओ तिमिल्सिनाले हालका लागि केन्द्रीय (कर्पोरेट) कार्यालय मात्र स्थानान्तरण गरिएको जानकारी दिए।

हालसम्म मन्जुश्री फाइनान्सले करिब २३.५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी करिब १९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरिसकेको छ। कम्पनीले निक्षेपमा आकर्षक ब्याजदर तथा कर्जामा सुलभ सेवा दिँदै आएको छ।

देशभर २७ शाखा र १ विस्तारित काउन्टरमार्फत सेवा प्रदान गरिरहेको फाइनान्सले हालसम्म १ लाख ५० हजारभन्दा बढी सन्तुष्ट ग्राहकलाई सेवा दिँदै आएको छ। निरन्तर प्रगति गर्दै आएको मन्जुश्री फाइनान्स लिमिटेड हाल देशकै अग्रणी फाइनान्स कम्पनीमध्ये एकका रूपमा स्थापित भएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij