२०८३ असोज ५ सोमबार

सुन–चाँदीको मूल्यले तोड्यो नयाँ रेकर्ड, प्रतितोला २ लाख ३ हजार नाघ्यो

ई आर्थिक    आइतबार, भाद्र १५ २०८२
2.1K
Shares
सुन–चाँदीको मूल्यले तोड्यो नयाँ रेकर्ड, प्रतितोला २ लाख ३ हजार नाघ्यो

ई-आर्थिक, काठमाडौं ।  नेपाली बजारमा सुन र चाँदीको मूल्यले आइतबार पुनः ऐतिहासिक उचाइ लिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले वृद्धि भई २ लाख ३ हजार ६०० रुपैयाँ कायम भएको हो।

गत शुक्रबार सुन प्रतितोला २ लाख ६०० रुपैयाँमा कारोबार भएको थियो। पछिल्ला दुई कारोबार दिनयता मूल्य निरन्तर उकालो लागेको हो।

त्यस्तै, चाँदीको मूल्य पनि आइतबार नयाँ रेकर्डमा पुगेको छ। ६५ रुपैयाँले बढेर चाँदीको मूल्य प्रतितोला २ हजार ४२५ रुपैयाँ पुगेको छ। शुक्रबारको तुलनामा यो उल्लेखनीय वृद्धि हो।

निरन्तरको मूल्य वृद्धिसँगै नेपाली सुन–चाँदी बजारमा नयाँ रेकर्ड कायम भएको व्यवसायीहरूले बताएका छन्। उनीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा भएको उतार–चढाव, अमेरिकी डलरको मूल्य वृद्दि र लगानीकर्ताको आकर्षण जस्ता कारणले नेपाली बजारमा पनि प्रभाव देखिएको हो।

सुनचाँदीको मूल्य बढ्नुको प्रमुख कारण अन्तर्राष्ट्रिय बजारमै देखिएको अस्थिरता हो। हाल विश्वव्यापी आर्थिक अनिश्चितता, उच्च मुद्रास्फीति, जिओपोलिटिकल तनाव (जस्तै, रूस–युक्रेन द्वन्द्व, मध्यपूर्वको अवस्था), तथा डलरको तुलनामा अन्य मुद्राहरूको अवमूल्यनका कारण लगानीकर्ताहरू सुरक्षित लगानीको माध्यमको रूपमा सुन–चाँदीमा आकर्षित भएका छन्।

यसले अन्तर्राष्ट्रिय बजारमा मूल्य उकालो लाग्दा त्यसको सीधा प्रभाव नेपाली बजारमा समेत देखिएको हो। साथै, नेपालको मौद्रिक नीतिले सिधा अन्तर्राष्ट्रिय बजारको मूल्य ट्र्याक गर्ने भएकाले यहाँ पनि सुन–चाँदीको मूल्य निरन्तर बढिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij