२७ असार, रुकुम । रुकुमको पुथाउत्तरगंगा गाउँपालिका ७ जाङमा नवनिर्वाचित वडा सदस्यको हत्या भएको छ ।
जाङका नवनिर्वाचित दलित महिला सदस्य २७ वर्षिया बयानसरी कामीको हत्या भएको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ ।
हत्याको आरोपमा उनकै श्रीमान ३८ वर्षीय तेजबहादुर कामीलाई प्रहरीले पक्राउ गरेको छ । घटनामा तेजबहादुररको संलग्नता भएको देखिएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
मदिरा सेवन गरेर तेजबहादुरले खुकुरी प्रहार गरी श्रीमति बयानसरीको हत्या गरेका प्रहरीले जनाएको छ ।