२०८३ असोज ६ मंगलबार

नेपाल टेलिकमद्वारा कनेक्ट आइपीएस ठगीबाट जोगिन सचेत रहन आग्रह

ई आर्थिक    बुधबार, भाद्र ४ २०८२
3.7K
Shares
नेपाल टेलिकमद्वारा कनेक्ट आइपीएस ठगीबाट जोगिन सचेत रहन आग्रह

ई-आर्थिक, काठमाडौं ।  नेपाल टेलिकमले आफ्ना सेवा लिने महानुभावहरुलाई सचेत रहन अनुरोध गरेको छ। केही दिनयता विभिन्न सन्देशहरु मार्फत मोबाइलमा अनधिकृत वेबसाइटका ठेगानाहरु पठाइने र ती लिंक खोल्न लगाएर ग्राहकका गोप्य विवरण चोरी गर्ने प्रयास भएको पाइएको छ।

सन्देशमा “आदरणीय ग्राहक, तपाईँको कनेक्ट आइपीएस खाता लक भएको छ, कृपया प्रमाणिकरण गर्न यस लिंकमा जानुहोस्” भनी भ्रामक जानकारी दिइने गरेको छ। उक्त लिंक खोल्न लगाएर ग्राहकको प्रयोगकर्ता नाम र पासवर्ड माग गरी ठगी हुने खतरा रहेको नेपाल टेलिकमले जनाएको छ।

नेपाल टेलिकमका प्रवक्ता रबिन्द्र मानन्धरले भने, “ग्राहकहरूले यस्ता अनधिकृत लिंकहरु नखोल्न र निजी विवरण नदिन सचेत रहनु पर्नेछ। हाम्रो सेवा सम्बन्धी सबै सूचना केवल हाम्रो आधिकारिक वेबसाइट र सामाजिक सञ्जालमार्फत मात्र उपलब्ध हुन्छ।”

नेपाल टेलिकमले केही ठगि गरिने लिंकहरु सार्वजनिक गरेको छ जसबाट सावधान रहन सबैलाई आग्रह गरेको छ।

नेपाल टेलिकमले आफ्नो आधिकारिक फेसबुक र अन्य सामाजिक सञ्जालहरुमा मात्र सही सूचना प्रकाशित हुने हुँदा त्यही माध्यमबाट जानकारी लिन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij