२०८३ असोज ५ सोमबार

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

ई आर्थिक    बुधबार, भाद्र ४ २०८२
5.4K
Shares
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

ई-आर्थिक, काठमाडौं ।  नेपाली बजारमा आज (बुधबार) सुन र चाँदी दुबैको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला १,६०० रुपैयाँले घटेर १ लाख ९३ हजार ५ सय रुपैयाँ पुगेको छ।

गत मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार १ सय रुपैयाँ थियो।

त्यस्तै, चाँदीको मूल्य पनि आज ४५ रुपैयाँले घटेर प्रतितोला २,२५५ रुपैयाँ कायम गरिएको महासंघले जानकारी दिएको छ। मंगलबार चाँदी प्रतितोला २,३०० रुपैयाँ मा कारोबार भइरहेको थियो।

लगातारको उतार–चढावबीच आजको गिरावटले बजारमा केही चहलपहल देखिएको व्यवसायीहरू बताउँछन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij