२०८३ असोज ६ मंगलबार

सुनको मूल्य लगातार घट्दै, दुई दिनमै १३ सय रुपैयाँले सस्तो

ई आर्थिक    सोमबार, साउन २६ २०८२
2.7K
Shares
सुनको मूल्य लगातार घट्दै, दुई दिनमै १३ सय रुपैयाँले सस्तो

ई-आर्थिक, काठमाडौं ।  सुनको मूल्य यो साता लगातार दोस्रो दिन ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आइतबार तोलामा २०० रुपैयाँले घटेको सुन सोमबार थप ११ सयले रुपैयाँले सस्तो भएको छ।

आइतबार प्रतितोला १ लाख ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन सोमबारका लागि प्रतितोला १ लाख ९८ हजार १ सय रुपैयाँ तोकिएको हो।

सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आइतबार प्रतितोला २,३३० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार १५ रुपैयाँ घटेर प्रतितोला २३सय १५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढावसँगै भदौको सुरुवातमै सुनचाँदीको भाउ घट्दा आन्तरिक बजारमा समेत प्रभाव देखिएको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij