२०८३ भाद्र ३० मंगलबार

सानिमा रिलायन्स तथा नारायणी सामुदायिक हस्पिटल चितवनबीच सम्झौता, उपचारमा १० प्रतिशत छुट पाउने

ई आर्थिक    शुक्रबार, साउन २३ २०८२
5.3K
Shares
सानिमा रिलायन्स तथा नारायणी सामुदायिक हस्पिटल चितवनबीच सम्झौता, उपचारमा १० प्रतिशत छुट पाउने

ई-आर्थिक, चितवन । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स र नारायणी सामुदायिक हस्पिटल प्रा. लि. चितवन बीच स्वास्थ्य उपचार सेवामा सहुलियत सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे र अस्पतालको तर्फबाट कार्यकारी अध्यक्ष डा. भक्तमान श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स संग आवद्ध, विमित, अभिकर्ता, कर्मचारीहरुले उपचारमा १० प्रतिशत  सम्म सहुलियतको व्यवस्था सहित सम्झौता भएको कम्पनी क्षेत्र प्रबन्धक इशा प्रधानले जानकारी दिनुभयो ।

इन्स्योरेन्स कम्पनी सग सहकार्य गरि स्वास्थ्य सहुलियत दिन पाउँदा अस्पताल प्रशासन खुसि रहेको र आवश्यकता अनुसार थप सहयोग गर्न सकिने अध्यक्ष डा. भक्तमान श्रेष्ठले बताउनुभयो ।

सम्झौता हस्ताक्षर गरेकै मितिबाट लागू भई दुई वर्ष अवधि सम्म कामय हुनेछ ।

क्षेत्र प्रबन्धकको समन्वयमा भएको सम्झौता कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक विष्णु कुवर , म्यानेजर अरूण लम्साल, इन्स्योरेन्स कम्पनीका मार्केटिङ अफिसर प्रदिप पराजुलीको उपस्थिति रहेको थियो

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij