२०८३ साउन १३ बुधबार

तीन महिनाका लागि खुल्याे गोरखाको ङुइला नाका

ई आर्थिक    मंगलबार, असार १७ २०८२
4.9K
Shares
तीन महिनाका लागि खुल्याे गोरखाको ङुइला नाका

ई-आर्थिक, गोरखा ।  चीनको स्वशासित क्षेत्र सिजाङ आवतजावत गर्ने उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका-७ छेकम्पारको ङुइला नाका खुलेको छ।

तिब्बती सुरक्षाकर्मीले मंगलबारदेखि उक्त नाका खुला गरेको छेकम्पारका निवर्तमान वडाअध्यक्ष पासाङफुञ्जो लामाले जानकारी दिए।

निवर्तमान वडाअध्यक्ष लामाका अनुसार यसपटक तीन महिनाका लागि नाका खुला गरिएको हो। कोरोना महामारीपछि उक्त नाका बन्द गरिएको थियो। गत वर्ष सो नाका एक महिनाका लागि खुलेको थियो।

तिब्बती नाका खुला भएसँगै हालसालै संकलन गरिएको यार्सागुम्बालगायत जडीबुटी तिब्बती बजारमा बेचेर त्यहाँबाट खाद्यान्न, लत्ताकपडा तथा अन्य आवश्यक सामग्री ल्याउन पाइने भन्दै स्थानीय खुसी भएका छन्। चुमनुब्री-१ स्थित रुइला नाका भने हाल खुला गरिएको छैन।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij