ई-आर्थिक, काठमाडौं । बजारमा पछिल्लो समय सिमेन्ट तथा डन्डीको मूल्य घटिरहेको छ । गत चैत्रमा बजारमा सिमेन्ट तथा डन्डीको मूल्यमा व्यापक रुपमा बढेको थियो । बजारमा ५ सयमा प्रतिबोरा विक्री गरिदै आएको सिमेन्ट प्रतिबोरामा ३०० सम्म बढेर ९०० सम्म पुगेको सिमेन्टको मूल्य अहिले सामान्य अवस्थामा फर्कन थालेको छ ।
अहिले सिमेन्टको मूल्यमा प्रतिबोरा ५० देखि एक सय तथा डन्डीमा प्रतिकेजी पाँच रुपैयाँसम्म घटेको व्यवसायीहरु बताउछन् ।
बजारमा ओपिसी सिमेन्टको मूल्य प्रतिबोरा ६ सय देखि ९०० र पीपीसी सिमेन्टको मूल्य ५०० सय देखि ८ सय ५० सम्म सम्म पुगेर बजारमा चरम मंहगिएको थियो ।
उद्योगीहरुले विद्युत प्राधिकरणले विद्युत कटौती गरेको बाहाना बनाउदै व्यापारमा घाटा भएको भन्दै मूल्यलाई आफ्नो सहजताभन्दै मूल्यमा कार्टेलिङ गरि बढाएका थिए । सिमेन्ट र डन्डीको उत्पादन गर्ने उद्योगमा लोडसेडिङ घटेर उत्पादनमा सहज भएको र माग पनि विगत भन्दा केही घटेकाले मूल्य घटेको उद्योगीहरुले जानकारी दिए ।
अहिले ओपिसी सिमेन्ट प्रतिबोरा ८ सय देखि ८४० सम्म र पिपिसी सिमेन्ट प्रतिबोरा ७०० देखि ७७० रुपैयाँसम्म चलेको छ । डन्डीमा प्रतिकेजी ९० देखि ९५ रुपैयाँ कारोबार भएको डन्डीमा पाँच रुपैयाँ घटेर प्रतिकेजी ८५ देखि ९० रुपैयाँमा किनबेच भएको छ ।
सिमेन्ट र डन्डीको मूल्यमा कालोबजारी तथा कार्टेलिङ, सरकार रमिता हेर्दै