२०८३ असोज १ बिहिबार

नेपाल एसबिआई बैंकद्धारा चौदण्डीगढी नगरपालिकामा सिसिटीभी हस्तान्तरण

ई आर्थिक    शुक्रबार, असार ६ २०८२
3K
Shares
नेपाल एसबिआई बैंकद्धारा चौदण्डीगढी नगरपालिकामा सिसिटीभी हस्तान्तरण

ई-आर्थिक, काठमाडौं । नेपाल एसबिआई बैंकले  सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकाको सुरक्षा व्यवस्था अभिबृद्धी गर्ने उद्देश्यले सिसिटीभी हस्तान्तरण गरेको छ ।

बैंकका कोशी प्रदेश प्रमुख,  रबिन घिमिरेले नगरपालिकाका उप–मेयर,  मनिका देवी दुलाललाई एक कार्यक्रमका बिच उक्त सामाग्रीहरु हस्तान्तरण गरेका थिए ।

सो कार्यक्रममा बैंक तथा नगरपालिकाका अन्य उच्च पदाधिकारी समेतको उपस्थिति रहेको थियो । बैंकले समुदाय स्तरमा यस किसिमको कार्यक्रम समय समयमा गर्दै आइरहेको छ ।

नेपाल एसबिआई बैंकले बिगत ३१ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ ।

हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखा रहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij