२०८३ भाद्र ३० मंगलबार

सुन तोलाको दुई लाख नजिक, चार हजार दुई सयले बढेर १ लाख ९७ हजार एक सय कायम

ई आर्थिक    शुक्रबार, जेष्ठ ३० २०८२
5.6K
Shares
सुन तोलाको दुई लाख नजिक, चार हजार दुई सयले बढेर १ लाख ९७ हजार एक सय कायम

ई–आर्थिक, काठमाडौं । गत मङ्गलबारदेखि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । बिहीबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु. चार हजार २०० ले वृद्धि भएको छ भने चाँदीमा रु. १५ ले बढोत्तरी भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु. एक लाख ९७ हजार १०० कायम भएको छ भने एक तोला चाँदी रु. दुई हजार १६५ मा कारोबार भइरहेको छ ।

गत मङ्गलबार एक तोला सुन रु. एक लाख ९० हजार तथा सोही परिमाणको चाँदी रु। दुई हजार १६५ मा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ४२७ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij