२०८३ असोज १ बिहिबार

सिटिजन्स बैंकद्वारा आवाज नेपाललाई सहयोग प्रदान

ई आर्थिक    शुक्रबार, जेष्ठ ९ २०८२
4.7K
Shares
सिटिजन्स बैंकद्वारा आवाज नेपाललाई सहयोग प्रदान

ई-आर्थिक, काठमाडौं ।  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सुर्खेतमा रहेको आवाज नेपाललाई सहयोग प्रदान गरेको छ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत एक कार्यक्रमका बीच उक्त संस्थालाई करिब २ महिनासम्मलाई पुग्नेगरी सरसफाइ तथा उपभोग्य सामग्रीहरू उपलब्ध गराएको बैंकले जनाएको छ।

लामो समयदेखि निरन्तररुपमा एकल महिला र बालबालिकाको अधिकार, न्याय, मानव अधिकार, मानव ओसारपसार, द्वन्द्व प्रभावित र घरेलु हिंसाजस्ता विषयमा सशक्तिकरणका लागि काम गर्दै आएको उक्त संस्थालाई बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोगस्वरुप महिला र उनका बालबालिकालाई सामाग्री हस्तान्तरण गरेका हुन्।

बैंकका पोखरेलले संस्थाले एकल महिला र बालबालिकाको अधिकारको लागि समाजमा उदाहरण बसाइरहेको बताए।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदिजस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बैंकले आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्ने योजना रहेको जनाएको छ।

बैंकले आफ्ना २ सय शाखामार्फत १८ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा दिइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij