२०८३ असोज १ बिहिबार

प्रभु बैंकको इला होटल्स एण्ड रिसोर्ट्स तथा मौलाकाली केबलकारबीच विशेष समझदारी

ई आर्थिक    सोमबार, जेष्ठ ५ २०८२
7.9K
Shares
प्रभु बैंकको इला होटल्स एण्ड रिसोर्ट्स तथा मौलाकाली केबलकारबीच विशेष समझदारी

ई-आर्थिक, काठमाडौं । प्रभु बैंक लिमिटेडले  इला होटल्स एण्ड रिसोर्ट्स तथा मौलाकाली केबलकारबीच  विशेष समझदारी हस्ताक्षर भएको छ ।

प्रभु बैंक लिमिटेड (PBL) र इला होटल्स एण्ड रिसोर्ट्स तथा मौलाकाली केबलकार लिमिटेडबीच आज एक विशेष समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको हो। यस समझदारीले बैंकका ग्राहक तथा कर्मचारीहरूलाई इला होटल्स एण्ड रिसोर्ट्स र मौलाकाली केबलकारमा विशेष छुट तथा सेवा प्रदान गर्नेछ।

समझदारीपत्रमा प्रभु बैंक लिमिटेडका प्रमुख प्रदेश अधिकृत  सांग्रिला श्रेष्ठ र इला होटल्स एण्ड रिसोर्ट्स तथा मौलाकाली केबलकार लिमिटेडका महाप्रबन्धक  अर्बिन केसीले हस्ताक्षर गरेका हुन् ।

यस सहकार्य अन्तर्गत, प्रभु बैंकका ग्राहक र कर्मचारीहरूले निम्न विशेष सुविधाहरू प्राप्त गर्नेछन्:
• खानपानमा (Food & Beverage ) – १०% छुट
• केबलकार टिकटमा – २०% छुट
• आवास सेवामा (Accommodation ) – १०% छुट र केबलकार यात्रा निःशुल्क

यस सम्झौताले दुवै कम्पनीबीच औपचारिक सहकार्यको नयाँ आयाम सुरु गरेको छ, जसले ग्राहकहरूलाई गुणस्तरीय सेवा र विशेष अनुभव प्रदान गर्नेछ। ग्राहक तथा कर्मचारीहरूलाई उच्चस्तरीय जीवनशैली अनुभव प्रदान गर्न यो सहकार्य महत्वपूर्ण उपलब्धि हो।

त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३११ शाखा कार्यालयहरु, २८४ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३५ लाख भन्दा बढि ग्राहकहरुलाई ‘विश्वास लिन्छौं, विश्वास दिन्छौ’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।

साथै प्रभु बैंक फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड-२०२४ अवार्डबाट पनि सम्मानित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij