२०८३ असोज १ बिहिबार

लक्ष्मी सनराइज बैंक ‘एनपीएस नेपाल पे’मा आवद्ध

ई आर्थिक    शुक्रबार, जेष्ठ २ २०८२
2.5K
Shares
लक्ष्मी सनराइज बैंक ‘एनपीएस नेपाल पे’मा आवद्ध

ई-आर्थिक, काठमाडौं । लक्ष्मी सनराइज बैंक ‘एनपीएस नेपाल पे’मा आवद्ध मा आवद्ध भएको छ ।   लक्ष्मी सनराइज बैंक र एनसीएचएलबीच एनपीएस नेपाल पे कार्डको  प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख – खुद्रा तथा वित्तीय सेवा श्री दिपेश अमात्यज्यू तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री निलेश मान सिंह प्रधानज्यूले हस्ताक्षर गर्नु भएको हो ।

एनसीएचएलले हालै  एनपीएस – एनसीएस को पूर्वाधारको तयारी पूरा भएको घोषणा गर्दै बैंक वित्तीय संस्थाहरुलाई नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किमका लागि आफ्नो स्विच इन्टिग्रेट गर्न आग्रह गरेसँगै बैंक वित्तीय संस्थाहरु  एनपीएस – एनसीएसमा  नेपाल पे’ आवद्ध भइरहेका छन् ।  ‘एनपीएस नेपाल पे’मा पूर्वाधारको कमर्सियल रोलआउट पश्चात लक्ष्मी सनराइज बैंकले ग्राहकहरुका लागि उक्त कार्ड इस्यू तथा अक्वायर गर्न सक्नेछन् ।

एनपीएस र एनसीएसलाई विभिन्न कार्ड स्विचहरु बीच अन्तरआबद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबारहरुको राउटिङ्ग र सेटलमेन्टको लागि एक सेन्ट्रल कार्ड स्विचको रुपमा स्थापना गरिँदैछ । उक्त प्रणालीको पूर्ण कार्यान्वयन पश्चात डोमेस्टिक कार्ड कारोबारहरूको लागत घटाउने, डाटा लोकलाइजेशन सुनिश्चित गर्ने र डिजिटल इकोसिस्टममा नवीनतम उपकरणहरुको विकास तथा प्रवद्र्धन हुने अपेक्षा गरिएको छ ।

एनसीएचएलले ५४ भन्दा बढि बैंक तथा वित्तीय संस्थाहरू, अधिकांश पीएसओ र पीएसपी, र १०० भन्दा बढि गैर–बैंकिङ्ग सदस्यहरूलाई विभिन्न राष्ट्रिय भुक्तानी प्रणालीहरू सञ्चालन गरी सेवा प्रदान गर्दै आएको छ ।  ‘एनपीएस नेपाल पे’मा को कार्यान्वयनले नेपालको कार्ड इकोसिस्टमलाई थप उचाँईमा पु¥याउने अपेक्षा गरिएको छ ।

नेपालका अग्रणी बैंकहरु मध्येको लक्ष्मी सनराइज बैंकले देश भरी रहेका २५४ वटा शाखा २७ विस्तारित काउन्टर तथा ३२९ एटीएम टर्मिनल मार्फत ग्राहकवर्गहरुलाई अत्याधुनिक बैंकिङ्ग तथा वित्तीय सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij