ई-आर्थिक, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा भारी बृद्धी भएको छ । बजारमा सुनको मूल्यमा उतारचढाव भैरहदा आज सुनले एतिहासिक रेकर्ड बनाएको छ । गत चैत्र ३१ गते बनाएको रेकर्डलाई तोडेर नयाँ रेकर्ड बनाएको हो।
मंगलबार प्रतितोला एक हजार ७ सय रूपैयाँले घटेको सुनको मूल्य बुधबार प्रतितोला दुई हजार ७ सय रूपैयाँले बढेर हालसम्मकै उच्च कायम भएको हो।
आज सुन प्रतितोला १ लाख ८७ हजार रुपैयाँमा कारोबार भइरहेको छ। हिजो बैशाख २ गते सुन सुनको मूल्यम प्रतितोला एक लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको थियो ।
यस अघि गत चैत ३१ गते यस्तो सुन प्रतितोला १ लाख ८६ हजार रुपैयाँ पुगेर रेकर्ड बनाएको थियो।
बजारमा सुनको मूल्यसँगै चाँदीको मूल्य पनि बढेको छ। मंगलबार तोलाको १ हजार ९४५ रुपैयाँमा कारोबार भएको चाँदी, आज १० रुपैयाँ बढेर १ हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको छ।
बजारमा सुनको मूल्य बढेको हिसावमा छिट्टै २लाख भन्दा माथि जाने व्यवसायीहरु बताउछन् । विश्वव्यापी रुपमा आर्थिक मन्दीकाकारण पनि सुनको मूल्यले आकाश छोएको व्यवसायीहरुले बताए । लगानीको क्षेत्रमा कमी हुदा तथा सुनमा लगानी सुरक्षित हुनेहुदाँ पनि सुनको मूल्य बढेको हो ।