२०८३ भाद्र ३० मंगलबार

सुनको मूल्यमा एतिहासिक रेकर्ड, एकैदिन प्रतितोला ३ हजार ९ सयले बढोत्तरी

ई आर्थिक    शुक्रबार, चैत्र २९ २०८१
5.9K
Shares
सुनको मूल्यमा एतिहासिक रेकर्ड, एकैदिन प्रतितोला ३ हजार ९ सयले बढोत्तरी

ई-आर्थिक, काठमाडौं । नेपाली बजारमा भारीरुपमा बढ्दै सुनको मूल्य एतिहासिक रेकर्ड राखेको छ ।  आज सुनको मूल्य तोलामा ३ हजार ९ सय रुपैयाँले बढेको हो । हिजो पनि सुनको मूल्य तोलमा सुन बजारमा प्रतितोला ५ हजार ७ सय रूपैयाँले वृद्धि हुँदै भएको थियो ।

बिहिबार सुन  प्रतितोला एक लाख ८१ हजार एकसय रूपैयाँ कायम भएको थियो ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको एक लाख ८५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी एक हजार ९ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । बिहीबार चाँदी एक हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

केही दिनएता लगातार घटिरहेको सुनको मूल्य बुधबारदेखि पुन: उकालो लागेको हो । बुधबार सुन प्रतितोला एक लाख ७५ हजार चारसय रूपैयाँमा कारोबार भएको थियो।

यसअघि चैत २१ मा सुन उच्च मूल्य प्रतितोला एक लाख ८० हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा पनि सुन मूल्य बजारमा बढेको छ । कतिपय अन्तर्राष्ट्रिय मिडियाहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ७५ भन्दा बढी देशहरूमाथि लगाइएको पारस्परिक भन्सार शुल्क ९० दिनका लागि रोकेपछि सुनको मूल्य बढेको उल्लेख गरेका छन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij