२०८३ भाद्र ३० मंगलबार

आठ महिनामा चार अर्ब २५ करोड रूपैयाँ राजस्व संकलन

ई आर्थिक    मंगलबार, चैत्र १२ २०८१
7K
Shares
आठ महिनामा चार अर्ब २५ करोड  रूपैयाँ राजस्व संकलन

ई-आर्थिक, मकवानपुर । हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा चार अर्ब २५ करोड २० लाख रूपैयाँ राजस्व संकलन गरेको छ। यो लक्ष्यको ८२ दशमलव ३२ प्रतिशत संकलन भएको हो।

कार्यालय प्रमुख युक्तप्रसाद सुवेदीका अनुसार आव २०८१/८२ को आठ महिनामा पाँच अर्ब १६ करोड ५२ लाख ३२ रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकामा चार अर्ब २५ करोड २० लाख ३७ हजार रूपैयाँ संकलन भएको छ।

कार्यालयले अन्तःशुल्कतर्फ दुई अर्ब ४१ कारेड ७४ लाख ४७ हजार रूपैयाँ, आयकरतर्फ ७३ करोड ५२ लाख ९२ हजार रूपैयाँ, मूल्यअभिवृद्धि करतर्फ ६१ करोड ४७ लाख ९९ हजार रूपैयाँ, स्वास्थ्य जोखिम करतर्फ ४१ करोड १३ लाख ५१ हजार रूपैयाँ, ब्याजकरतर्फ ६ करोड २५ लाख ९८ हजार रूपैयाँ र बहालकरतर्फ एक करोड २५ लाख ५० हजार रूपैयाँ संकलन गरेको छ।

कार्यालयमा आयकरतर्फ ३४ हजार ४३, मूल्यअभिवृद्धितर्फ पाँच हजार नौसय २३, अन्तःशुल्कतर्फ एक हजार ६ सय चार, विथहोल्डतर्फ सातसय ११ र व्यक्तिगततर्फ ८३ हजार सातसय एक करदाता आबद्ध छन्। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij