२०८३ असोज ४ आइतबार

एभरेष्ट बैंकको आजबाट ऋणपत्र निष्काशन, वार्षिक ७.५० प्रतिशत ब्याजदर पाइने

ई आर्थिक    आइतबार, फाल्गुन १८ २०८१
3.1K
Shares
एभरेष्ट बैंकको आजबाट ऋणपत्र निष्काशन, वार्षिक ७.५० प्रतिशत ब्याजदर पाइने

३ अर्बको ऋणपत्र निष्काशन

ई-आर्थिक, काठमाडौं ।  एभरेष्ट बैंक लिमिटेडले  आजबाट ऋणपत्र निष्काशन गरेको छ । बैंकले आजबाट  ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने जनाएको छ । बैंकले ऋणपत्रको अविधी १० वर्षकायम गरेको छ । उक्त अवधिमा वार्षिक ७.५० प्रतिशत ब्याजदरमा पाइने छ । ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०९१’ नामक ऋणपत्र निष्काशन गर्ने निर्णय गरेको बैंकले जानकारी दियो ।

कुल ३० लाख कित्ता ऋणपत्रको मूल्य ३ अर्ब रुपैयाँ राखिएको छ। यसमा ६० प्रतिशत अर्थात १ अर्ब ८० करोड रुपैयाँ बराबरको व्यक्तिगत लगानीकर्ताहरूको लागि र ४० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणको लागि छुट्याइएको छ। सर्वसाधारणका लागि बाँडफाँट हुने ऋणपत्रमध्ये ५ प्रतिशत सामूहिक लगानी कोषहरूको लागि छुट्याइएको छ।

ऋणपत्रमा आवेदन दिन चाहने लगानीकर्ताले न्यूनतम २५ कित्ताबाट आवेदन दिनसकिनेछ भने अधिकतम १२ लाख कित्तासम्म आवेदन दिन पाइन्छ । निष्काशनको अन्तिम मिति फागुन २१ गते देखि चैत ३ गते सम्म बैंकले जनाकारी दियो ।

ऋणपत्रको बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij