२०८३ असोज ४ आइतबार

सानिमा बैंक र ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्टबीच व्यापार ऋण सम्झौता

ई आर्थिक    मंगलबार, फाल्गुन ६ २०८१
8.1K
Shares
सानिमा बैंक र ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्टबीच व्यापार ऋण सम्झौता

 १५ मिलियन अमेरिकी डलरको व्यापार ऋण

ई-आर्थिक, काठमाडौं ।  सानिमा बैंक लिमिटेड र ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट पिएलसीबीच ऋण सम्झौतामा भएको छ । सानिमा बैंक र ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट पिएलसी  १५ मिलियन अमेरिकी डलरको व्यापार ऋण सम्झौतामा हस्ताक्षर भएको हो  ।

सम्झौता अनुसार प्राप्त ऋण विशेष रुपमा  जलविद्युत् आयोजनाहरूको निर्माणमा प्रयोग हुने हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकल उपकरणहरूको आयात तथा निर्माण प्रक्रियाका लागि कच्चा पदार्थहरूको खरिदमा प्रयोग गरिनेछ ।

यस साझेदारीले सानिमा बैंकको  ट्रेड फाइनान्स सर्भिसलाई  महत्वपूर्ण योगदान पुर्‍याउने  अपेक्षा गरिएको छ ।

सानिमा बैंकको तर्फबाट, प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डे र ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्टका लगानी निर्देशक एडमिर इमामीले यस सम्झौतामा हस्ताक्षर गरेका थिए । यस साझेदारीले नेपालकोे उर्जा आवश्यकतालाई सम्बोधन गर्दै दिगो उर्जा स्रोतहरू परिचालन गर्न महत्वपूर्ण योगदान पुर्‍याउनेछ ।

यो प्रयास फोसिल फ्युल निर्भरता कम गर्न र जलवायु परिवर्तनसँग लड्न विश्वव्यापी प्रयासहरूमा केन्द्रित छ । सानिमा बैंकले स्वच्छ उर्जा परियोजनाहरूलाई प्रवर्धन गरी स्थानीय समुदायहरूका लागि दीर्घकालीन सकारात्मक प्रभावहरू सिर्जना गर्ने दृष्टिकोण राखेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij