२०८३ साउन १२ मंगलबार

बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले ४० अर्ब खिच्दै

ई आर्थिक    आइतबार, फाल्गुन ४ २०८१
6.1K
Shares
बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले ४० अर्ब खिच्दै

ई-आर्थिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि ४० अर्ब तरलता प्रशोचन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलता थुप्रिएसँगै आइतबार ४० अर्ब खिच्ने भएको हो । केन्द्रीय बैंकले २१ दिने अवधिका लागि खिच्न लागेको जनाएको हो । यसका लागि बैंकले अपरान्ह ३ बजे अनलाइन बोलकबोल गर्न सकिने जनाएको छ ।

२१ दिन अवधिको निक्षेप संकलन उपकरणको फागुन २५ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले बताएको छ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा रु. १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न पाउने छन् ।

उक्त निक्षेप संकलन उपकरणमा लगानी गर्ने बैंकले त्यसलाई राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा प्रयोग गर्न सक्नेछन् ।

यसअधि राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले थप माघ ३० गते ६० अर्ब,  माघ २३ गते थप ३५ अर्ब रुपैयाँ तरलता खिचेको थियो । साथै केन्द्रीय बैकंले माघ १५ गते थप ३० अर्व तथा माघ १३ गते ४० अर्ब र माघ ९ गते ९० अर्ब तथा माघ ६ गते केन्द्रीय बैंकले ६० अर्व खिचिसकेको छ ।

बैंकिङ प्रणालीमा निक्षेपको तुलनामा कर्जा विस्तार कम हुँदा अधिक तरलता देखिदै आएको बैंकरहरु बताउछन् ।

निक्षेप संकलनको बोलकबोल बहुब्याजदरमा पनि गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । बोलकबोलबाट यसको ब्याज निर्धारण हुनेछ ।

बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि चालु आर्थिक वर्ष सुरुवातबाट नै केन्द्रीय बैंकले निरन्तर तरलता खिच्दै आएको केन्द्रीय बैंकले जनाएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij