२०८३ भाद्र ३० मंगलबार

शान्ति स्थापना गरी पर्यटक प्रर्वद्धन गर्न थाहा नगरपालिकाको दृढता

ई आर्थिक    आइतबार, असार ४ २०७४
4.3K
Shares
शान्ति स्थापना गरी पर्यटक प्रर्वद्धन गर्न थाहा नगरपालिकाको दृढता

४ असार, हेटौँडा । थाहा नगरपालिकाका नवनिर्वाचित प्रमुख लवशेर विष्टले मुलुकको संविधानलाई कार्यान्वयन गर्न र राष्ट्रमा दिगो शान्ति स्थापना गरी पर्यटन प्रर्वद्धन एवम् कृषि उत्पादनका क्षेत्रमा उच्च प्राथमिकताका साथ काम गर्ने दृढता व्यक्त गर्नुभयो ।

मकवानपुर उद्योग वाणिज्य सङ्घद्वारा आज आयोजित एक कार्यक्रममा उहाँले औद्योगिक क्षेत्रको विस्तारमा सरकारले समायनुकुल सुधार गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय उद्योग स्थापनाका लागि उद्योग वाणिज्य महासङ्घसँग समन्वय गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

नगरप्रमुख विष्टले त्रिभुवन राजपथको दामन र सिमभञ्ज्याङलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न थाहा नगरपालिकाले अब नीतिगत कार्यक्रम तर्जुमा गरी अघि बढ्ने उल्लेख गर्दै उद्योगका व्यववस्थापकले पनि मजदुरसँग समन्वय गरेर उत्पादनको गुणस्तर वृद्धि गरी अन्तर्राष्ट्रिय बजारसम्म प्रतिस्पर्धा गर्न पहल गर्नुपर्ने बताउनुभयो ।

सो नगरपालिकाका उपप्रमुख खड्ग गोपालीले विभिन्न वडामा खानेपानी, स्वास्थ्य चौकी, कृषि सडकको निर्माण र पर्यटक क्षेत्रको पहिचान गरी आगामी पाँच वर्षभित्र बाह्य पर्यटकलाई दामनमा भित्र्याउन सुविधायुक्त होटल स्थापना गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजकुमार न्यौपाने, महिला उद्यमी विकास समितिका अध्यक्ष निलम पाण्डे, मकवानपुर उद्योग वाणिज्य सङ्घका महासचिव महेन्द्र राउत र पूर्वअध्यक्ष उत्तम शर्मा ढकालले यस जिल्लालाई औद्योगिक सहरका रुपमा विकास गर्न सरकार तथा राजनीतिक दलको भूमिका सकारात्मक हुनुपर्ने र जिल्लामा बेरोजगार युवालाई स्वरोजगारका लागि विभिन्न बैंकले सहुलियत दरमा ऋण प्रदान गर्न माग गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij