२०८३ असोज ५ सोमबार

नेपाल एसबिआई र मणिपाल एजुकेसन एण्ड मेडिकल ग्रुपबीच सम्झौता

ई आर्थिक    बिहिबार, मंसिर २७ २०८१
5.6K
Shares
नेपाल एसबिआई र मणिपाल एजुकेसन एण्ड मेडिकल ग्रुपबीच सम्झौता

ई-आर्थिक, काठमाडौं । नेपाल एसबिआई बैंक लि. र मणिपाल एजुकेसन एण्ड मेडिकल ग्रुप (नेपाल) प्रा.लि., फूलबारी, पोखरा बिच नेपाल एसबिआई बैंकका सम्पूर्ण  ग्राहकहरुलाई लक्षित गरी मणिपाल टिचिङ हस्पिटल र मणिपाल कलेज अफ मेडिकल साईन्समा   विभिन्न  स्वास्थ्य सेवाहरुमा सेवा प्रदान गर्ने सम्झौता भएको छ  । उक्त सम्झौता पत्र नेपाल एसबिआई बैंक लि.का प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत, श्री दीपक कुमार देकोे उपस्थितिमा बैंकका गण्डकी  प्रदेश प्रमूख, श्री मिन वहादूर गूरुङ तथा मेडिकल ग्रुपका प्रमूख कार्यकारी अधिकृत, श्री अनिल ओदूभिल बिच सम्पन्न भएको थियो ।

सो कार्यक्रममा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत, श्री राजेश कुमार पंडा , प्रमूख संचालन अधिकृत, श्री विकास आनन्द, प्रमूख व्यवसाय प्रबर्धन अधिकृत, श्री रितेश अर्याल र बैंक तथा मे८िकल ग्रूपका अन्य पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो । यस सम्झौताबाट ग्राहकबर्गले बैंकको कार्ड तथा मोबाइल बैंकिé प्रयोग गरी हस्पिटलले प्रदान गर्दै आएको विभिन्न स्वास्थ्य सेवाहरुमा १० देखि १०० प्रतिसतसम्मको  सूविधा उपयोग गर्न सक्ने छन्  ।

हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij