२०८३ असोज ७ बुधबार

एभरेष्ट बैंकद्वारा बाढी पहिरो पीडितलाई ५० लाख सहयोग

ई आर्थिक    बुधबार, असोज २३ २०८१
3.6K
Shares
एभरेष्ट बैंकद्वारा बाढी पहिरो पीडितलाई ५० लाख सहयोग

ई- आर्थिक, काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले बाढी पहिरो पीडितको सहयोगको लागि प्रधानमन्त्री दैवी उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीलाई उक्त रकमको चेक हस्तान्तरण गरेका छन् ।

गत असोज ११ र १२ गते आएको बाढी, पहिरो र डुबान बाट प्रभावितहरुलाई राहतका लागि उक्त कोषमा सहयोग गरेको हो । मुलुकलाई विपत्ति आइलागेको अवस्थामा बैंकले विगतदेखि नै सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij