२०८३ साउन १२ मंगलबार

दशैं लक्षित खाद्यका सहुलियत दरका खसीबोका र च्यांग्राको आजदेखि विक्री सुरू, बजार मूल्यभन्दा सस्तो

ई आर्थिक    आइतबार, असोज २० २०८१
11.4K
Shares
दशैं लक्षित खाद्यका सहुलियत दरका खसीबोका र च्यांग्राको आजदेखि विक्री सुरू, बजार मूल्यभन्दा सस्तो

लक्ष्मण फुयाल, काठमाडौं ।  दशैंको आगमनसंगै काठमाडौं उपत्यकाहरुमा खासीबोका तथा च्याङ्ग्रा बिक्रि वितरण सुरु भैसकेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लगायत, सहरका खुद्रा तथा विभिन्न स्थानहरुमा खसीबोकासंगै च्याङ्ग्राहरुको बिक्रीवितरण सुरु भैसकेको छ । काठमाडौं उपत्यकामा दशैंको समयमा करिब ५० हजार माथिका खसीबोका तथा च्याङ्ग्राहरु विक्रीबिरण हुने व्यापारीहरु बताउछन् । विगतको दशैंमा ३० लाख मानिहरुले काठमाडौं उपत्यका छाड्ने गरेको थिए तर अहिले अविरलवर्षाको कारण, सडक संरचना तथा यातायातको असुविधाले गर्दा धेरै आममानिसहरु काठमाडौं रहने हुँदा खसीबोका च्याङ्ग्राको माग अझै बढ्ने सरोकारबालाहरु बताउछन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैँका लागि खसीबोका र च्याङ्ग्राको बिक्री सुरु गरिसकेको जनाएको छ । खाद्यले २०८ खसीहरु र च्याङ्याग्रा ३०० सयको संख्यामा आएको र विक्रीवितरण हिजोबाट सुरु भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीकी प्रवक्ता शर्मिला न्यौपाने सुवेदीले ई-आर्थिकलाई जानकारी दिनुभयो । बाँकी खसीबोका च्याङ्ग्राहरु निरन्तर आउदै गर्ने विक्रीबितरण भैरहने छ प्रवक्ता सुवेदी बताउनुहुन्छ ।  यस्तै अन्य खसीबोका र च्याङ्ग्रा ल्याउने क्रम जारी रहेको छ ।  बजारमा खसीबोकाको जिउँदो मूल्य ६६० देखि ७०० रुपैयाँ सम्म खुद्रा व्यापारीहरुले बेच्ने गरेका छन् । भने  खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बजार भन्दा खसीमा सस्तो मूल्यमा खसीहरुको मूल्य बिक्रीविरण गरेको छ । खाद्यको खसीबोकाको मूल्य बजारमा खुद्राहरुमा  विक्री हुने भन्दा  १० देखी ४० रुपैयाँ सम्म  जिउँदो प्रतिकेजी छुट हुने देखिन्छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जिउँदो खसीबोकाको मूल्य प्रतिकेजी ६ सय ७० रुपैयाँ र च्याङ्ग्राको १२ सय ३० रुपैयाँ मूल्य निर्धारण गरेको छ । उपभोक्ताका लागि उक्त मूल्यमा प्रतिकेजी १० रुपैयाँ छुट गरी क्रमश जिउँदो ६ सय ६० र १२ सय २२० रुपैयाँ तोकिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीकी प्रवक्ता सुवेदीले बताउनुहुन्छ। पोहोर खसीको जिउँदो प्रतिकेजी मूल्य ६ सय ८० रहेको थियो भने अहिले खसीको मूल्य ६ सय ६० मै पाउन सकिनेछ । पोहोर च्याङ्ग्राको मूल्य प्रतिकेजी जिउँदो १२ सय ६० रहेकोमा अहिले १२ सय ३० रुपैयाँ पर्ने प्रवक्ता सुवेदीले भन्नुभयो । पोहोरको तुलनामा खसीको मूल्य कम हुनाको कारण लगात तथा ढुवानीमूल्य, खरीद मूल्य बजार मूल्यले हो । काठमाडौं उपत्यकामा दशैंका लागि यसपटक १ हजार ५ सय खसी तथा ३ सय च्याङ्गा विक्री गर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनीकी प्रवक्ता शर्मिला न्यौपाने सुवेदीले ई-आर्थिकलाई जानकारी दिनुभयो । खसिबोका, च्याङ्ग्राहरु निरन्तर आउदै गर्ने र वितरण गदै जाने प्रवक्ता सुवेदी बताउनुहुन्छ ।

खाद्यको सुपत मूल्य बजारबाट  ६२ लाख छुट

खाद्यले चाँडपर्वमा ५० हजार क्विन्टलको विक्री लक्ष्य राखेकोमा असोज १७ सम्मको डाटाअनुसार १२ हजार ३ सय १८ क्विन्टल विक्री गरेको जनाएको छ । सुपत मूल्य पसलबाट ६२ लाख रुपैयाँ छुट दिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रवक्ता सुवेदीले जानकारी दिनुभयो । असोज ०४ गतेबाट सुरु भएको सहुलियत मूल्य पसल माघ २ सम्म सञ्चालन हुने छ । यसका लागि सरकारले तीन करोड बजेट विनियोजन गरेको छ । सुपत मूल्यमा आमनागरिकहरुको उपस्थिति राम्रो छ । गुणस्तरीय समानको साथै बजार मूल्यभन्दा कम मूल्यमा खाद्य समाग्री वितरण गरिनेहुदा आममानिसहरुको वितरण क्षेत्रहरुमा राम्रो उपस्थिती रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीकी प्रवक्ता शर्मिला न्योपाने सुवेदी बताउनुहुन्छ ।

कम्पनीले दाल, चामल, गेडागुडी कर्णालीका रैथाने उत्पादन, तेल, घिउसहित ५० हजार क्विन्टल खाद्यवस्तु बिक्री गरेको जनाएको छ । कम्पनीका अनुसार विभिन्न प्रकारका चामल र दालमा प्रतिकेजी पाँच रुपैयाँ छुटको व्यवस्था गरेको छ । यस्तै विभिन्न प्रकारका तेल, गेडागुडी, पिठो, मैदा, चिउरा, चिनी, क्वाँटीमा प्रतिकेजी सात रुपियाँ तथा कर्णालीका विभिन्न गेडागुडी, फापर दाना, चिनो, कागुनोलगायतमा पनि प्रतिकेजी सात रुपियाँ छुटको व्यवस्था गरेको छ । काठमाडौँ उपत्यकाका चार स्थान , थापाथली, रामशाहपथ, नक्खु र सूर्यविनायक० सहित ४२ जिल्लाका ६५ स्थानमा कम्पनीका बिक्री कक्ष राखिएका छन् । सहुलियत मूल्य पसल माघ २ सम्म सञ्चालन हुने छन् ।

खाद्यको सहुलियत पसलको मूल्य सूची (काठमाडौँ)
सामानहरू मूल्य
आँटा – ५ के.जी. ७२/केजी ( रू ५ छुट सहित )
चना १७०/केजी (रू ५ छुट सहित )
मुंग दाल खोस्टे १७०/केजी (रू ५ छुट सहित )
मास दाल २१५/केजी (रू ५ छुट सहित )
मुसुरो दाल(ठुलो) १५०/केजी (रू ५ छुट सहित )
रहर दाल २९०/केजी (रू ५ छुट सहित )
क्वाँटी १६०/केजी ( रू ५ छुट सहित )
भटमासको तेल १९८/लि. ( रू ७ छुट सहित )
स्रोत : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij