२०८३ साउन १० आइतबार

एसबिआई बैंकका ग्राहकलाई इसेवा प्लेटफर्म मार्फत खाता क्रेडिट गरी व्यापार भुक्तानी गर्न सहज

ई आर्थिक    मंगलबार, जेष्ठ २२ २०८१
4.7K
Shares
एसबिआई बैंकका ग्राहकलाई इसेवा प्लेटफर्म मार्फत खाता क्रेडिट गरी व्यापार भुक्तानी गर्न सहज

ई–आर्थिक, काठमाडौं । नेपाल एसबिआई बैंक र इसेवा लिमिटेडबीच सम्झौता भएको छ । इसेवा नेटवर्क, डिजिटल वालेट, मर्चेन्ट पेमेन्ट र मनि ट्रान्सफर सेवा सञ्चालन गर्ने सम्बन्धमा बैंक र इसेवाबीच सम्झौता भएको हो ।

उक्त सम्झौताअनुसार मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, काउन्टर डिपोजिट लगायत बैंकका च्यानलहरू मार्फत ग्राहकहरूलाई आफ्नो इसेवा वालेटमा रकम स्थानान्तरण गर्न सहज बनाउने छ । साथै, यस सम्झौताले इसेवा प्लेटफर्म मार्फत तत्कालै खाता क्रेडिट गरी व्यापार भुक्तानीहरू सहजीकरण गर्न सहयोग पुर्‍याउने विश्वास राखेको छ।

उक्त सम्झौता पत्र बैंकका प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत(सीईओ) दीपक कूमार देको उपस्थितिमा बैंकका तर्फबाट नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत राजेश कूमार पंडा र इसेवाका तर्फबाट प्रमूख कार्यकारी अधिकृत, जगदिस खड्काले हस्ताक्षर गरेका छन् ।

उक्त कार्यक्रममा बैंकका प्रमूख संचालन अधिकृत यादवेंद« कांत, प्रमूख प्रविधि अधिकृत, सुनन्द मल्होत्रा, प्रमूख व्यवसाय प्रबर्धन अधिकृत, रितेश अर्याल र इसेवाका प्रमूख रानीति अधिकारी रवि शाक्य लगायत अन्य वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij